समाजवादीको चुनावचिन्ह पन्जा

राजनीति

9/19/2019

काठमाडौं, १ असोज । डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालले आफ्नो चुनावचिन्ह पञ्जा छाप राखेको छ ।

भट्टराईको नयाँ शक्ति पार्टी नेपाल र यादवको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण पश्चात् चुनावचिन्हमा विवाद देखिएको थियो । मधेशमा गहिरो प्रभाव पारेको पञ्जा छाप स्व.गजेन्द्र नारायण सिंहको चुनाव चिन्ह रहेको थियो ।

सद्भावना पार्टी खण्ड–खण्डमा विभाजित भएपछि पछिल्लो समय पञ्जा अनिल झाले राखेका थिए । तर, राजपा पार्टी बन्दा कसैले गरेको थिएन । फोरम पक्षधरले मसाल र नयाँ शक्ति पक्षधरले अन्य कुनै चुनाव चिह्न प्रस्ताव गर्दै आएका थिए । सहमति जुट्न नसक्दा निर्वाचन आयोगमा चुनाव चिह्न सिफारिस हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ