रौतहट, ५ कार्तिक । समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले विभिन्न १५ बुँदे माग राख्दै राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंहलाई सोमबार ज्ञापन पत्र बुझाएको छ ।
नगर अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा गएका पार्टीका निर्वाचित वडा अध्यक्ष तथा नगर समिति सदस्यहरुको टोली नगर प्रमुख सिंहलाई १५ दिनभित्र माग पूरा हुनुपर्ने समयसहित ज्ञापन पत्र बुझाएका हुन् ।
जनतालाई गुमराहमा पारी अपारदर्शी ढंगबाट कार्य गर्दै रहेको भन्दै पारदर्शी रुपमा हिसाव किताब सार्वजनिक हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको नगर अध्यक्ष यादवले बताएका छन् ।
निर्धारित समयमा माग सम्बोधन नगरिएमा चरणबद्ध रुपमा आन्दोलन गरिने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।
तपाईको प्रतिक्रिया