समाजवादीको सल्लाहकार समिति गठन

राजनीति

9/20/2019

काठमाडौं, २ असोज । समाजवादी पार्टी नेपालको संगठन समायोजन अन्तर्गत केन्द्रीय सल्लाहकार समितिले पूर्णता पाएको छ ।

समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको समायोजन कार्यक्रममा भीमप्रसाद गौतमलाई सल्लाहकार समितिको प्रमुख चयन गरिएको छ ।

गौतम पूर्व भूमिसुधार मन्त्री समेत हुन् । साथै ९६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

बैठकले प्रदेश सल्लाहकार समिति बनाउने र प्रदेशभित्र रहेका समितिका सदस्यहरूलाई आ–आफ्नो प्रदेशमा समिति गठन गर्न क्रियाशील रहन निर्देशनसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ