काठमाडौं, १ भाद्र । सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् ।
सांसद यादवले राजीनामा दिएपछि पार्टीअध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको चौतर्फी आलोचना हुन थालेपछि राजीनामा फिर्ता लिएको स्रोतको दाबी छ ।
उनले आइतबार राजीनामा फिर्ता लिएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले जानकारी दिए । सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए ।
तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो ।
पार्टी संसदीय दलमा राजीनामा दिनुपर्नेमा संसद सचिवालयमा बुझाएकाले स्वीकृत हुने अवस्था नरहेको र पार्टीको आग्रहमा फिर्ता लिएका हुन् ।
तपाईको प्रतिक्रिया