विराटनगर, २७ कार्तिक । मोरङको धनपालथान गाउँपालिका २ मा हुने उपनिर्वाचनमा समाजवादी पार्टीले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।
दुई पार्टीबीच हुने चुनावी सहकार्यका बारेमा बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले दुई तिहाइको कम्युनिस्ट सरकारको दम्भ र घमण्ड तोड्न दुवै पार्टी एक भएर निर्वाचनमा होमिएको जानकारी दिए ।
समाजवादीका जिल्ला अध्यक्ष राजकुमार यादवले आफ्नो पार्टीले वडाको उपनिर्वाचनमा कांगेस उम्मेदवार नारायण साहलाई सहयोग गर्ने बताए ।
तत्कालीन एमालेका वडाध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले पंकज मण्डललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया