जनकपुरधाम, १० जेठ । समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिमा तीन जना पदाधिकारी चयन गरिएको छ ।
समाजवादी पार्टीका मधेश प्रदेश समिति अध्यक्ष विजय कुमार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी उपाध्यक्षमा सर्लाहीका रामप्रित पासवान, मुख्य सचिवमा सप्तरीका शम्भु झा र कोषाध्यक्षमा सिरहाका रेणु यादवलाई चयन गरेका छन् ।
समाजवादीको मधेश प्रदेश समितिको शुक्रबारको निर्णयानुसार प्रथम चरणमा उपाध्यक्षमा पासवान, मुख्य सचिवमा झा र कोषाध्यक्षमा यादवलाई चयन गरिएको अध्यक्ष यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया