कपिलवस्तु, ४ भाद्र । समाजवादी पार्टी कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा बजरंगी प्रसाद चौधरी चयन भएका छन् ।
संघीय समाजवादी फोरम नेपाल तथा नयाँ शाक्ति पार्टी नेपालबीच एकीकरण भएपछि आफ्नो केन्द्रदेखि वडासम्ममा समायोजनको अभियान समाजवादी पार्टीले चलाएको छ ।
सोही क्रममा समाजवादी पार्टी कपिलवस्तुको समायोजन गरेर पालिका पालिकामा समयोजनको कार्यलाई अगाडी बढाएको समाजवादी पार्टी जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
मंगलवार एक कार्यक्रमको अयोजना गरि मायादेवी गाउँपालिकाको पकडीमा गाउँपालिका स्तारिय समयोजन कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी समयोजनाले सर्ब सम्मात रुपमा बजरंगी प्रसाद चौधरीको अध्यक्षतामा ४६ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा उदयभान चौहान, सचिव नाथुराम गौड, सहसचिव सत्यवती रैदास कोषाध्यक्षमा भरथरी अग्रहरी सर्वसम्मतले चयन भएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
सर्वसम्मत निर्वाचित सम्पूर्ण कार्यसमितिलाई पूर्वमन्त्री दानबहादुर चौधरी, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, नरायाण खानाल, गिता तिवारीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया