रौतहट, १५ कार्तिक । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराममा समाजवादी पार्टी वडा कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश २ का प्रदेश सांसद राम किशोर यादवले नेकपा पार्टीप्रति आक्रोश जनाउँदै संघीयता समाप्त पर्ने षड्यन्त्र गर्दै आएको आरोप लगाएका छन् ।
संघीयता विरोधी र मधेशी आदिवासी, जनजाति, थारू, मुस्लिम विरोधी सरकारको रुपमा रहेका संघीय सरकारले प्रदेश २ लाई बदनाम गर्ने नियत लिएको दावी गरे ।
संविधान संशोधनको बहाना बनाउदै केन्द्र सरकारले मधेशी जनताको अधिकार नदिने पक्षमा रहेकोले आन्दोलन गर्न सबैले कमर कसेर तयारी रहन अपील गरे ।
जनतालाई भ्रमित पार्दै आएको नेतालाई जवाव दिनु पर्ने भन्दै नेकपाका सांसद प्रभु साह बजेट अनियमितता गर्दै आएको आरोप लगाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका उपाध्यक्ष राम आसीस यादव, बौधिमाई नगरपालिकाका मेयर राजीव रंजन यादव, उपमेयर प्रेमलता कुशवाहा, पूर्वजिल्ला उपाध्यक्ष श्यामविहारी यादव, शिक्षक फोरमका कामेश्वर यादव, युवा नेता लखीन्द्र यादव लगायतका नेताहरुले नेकपामाथि खनिदै भ्रस्टाचारीको संघीय सरकार बढावा दिएको बताएका थिए ।
तपाईको प्रतिक्रिया