काठमाडौं, २३ बैशाख । लामो समयको गृहकार्य पश्चात् उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा हुँदैछ ।
एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ को औपचारिकरुपमा घोषणा हुँदैछ । भनिन्छ, यो एकताको मोडल नेकपाजस्तै हुनेछ । हुन त बाबुराम र उपेन्द्र पूर्वकम्युनिष्ट नै हुन् ।
समाजवादी पार्टी नेपालको केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव रहनेछ भने संघीय परिषद्को अध्यक्ष् डा.बाबुराम भट्टराई रहने सहमति भएको नयाँ शक्ति पार्टी नेपालका सचिवालय सदस्य रामरिझन यादवले मधेशवाणीलाई बताएका छन् ।
संघीय परिषद् केन्द्रीय कार्यकारिणीभन्दा माथि रहने नेता यादवले बताए । केन्द्रीय कार्यकारिणीको कुनै पनि निर्णयलाई संघीय परिषद्ले परिवर्तन गर्न सक्ने उनले बताए ।
समाजवादी पार्टीको संरचना, संघीय परिषद्, केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति लगायतका संरचना हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया