समाजवादी र राजपाले मधेशीसँग आत्मघात गरेको जनमतको आरोप

राजनीति

1/6/2020

नेपालगन्ज, २१ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले मधेशीसँग आत्मघात गरेको आरोप लगाएको छ ।

जनमत पार्टी बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् यस्तो आरोप लगाएको हो । जनमतका बाँके जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य इरफान अहमद शेषले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा यस्तो आरोप लगाएका हुन् ।

विगतमा कांग्रेस र कम्युनिष्टको विरुद्धमा नाराबाजी लगाएर मधेशी जनतालाई सडकमा उतार्ने र अहिले त्यहीं कांग्रेस र कम्युनिष्टसँग गठबन्धन बनाएको भन्दै मधेशी जनतासँग ठूलो आत्मघात गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनमत पार्टीले समाजवादी पार्टी र राजपा नेपाललाई मधेशी जनताले बहिष्कार गर्ने जनमतका नेता शेषले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ