जनकपुरधाम, ६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी सरकार छोड्न नमान्दा एकीकरण रोकिएको बताएका छन् ।
राजपा र समाजवादीबीच एकताको मुख्य शर्त समाजवादी पार्टी छाड्नुपर्ने रहेकोले एकता तत्कालका लागि रोकिएको बताएका संयोजक महतोले बताएका छन् ।
उनले समाजवादी पार्टी सरकारबाट बाहिर नआएसम्म एकीकरण सम्भव नरहेको बताए । उनले सरकारमा बसेर वैकल्पिक शक्ति निर्माण हुन नसक्ने बताए ।
तपाईको प्रतिक्रिया