सम्झौता सकारात्मक तर अस्पष्टता अन्त्य हुनुपर्छ : डा.भट्टराई

राजनीति

3/13/2019

सप्तरी, २८ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले डा.सीके राउत नेतृत्वको समूह भएको सम्झौता सकारात्मक रहेको बताएका छन् ।

उनले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौताबारे भइरहेको व्याख्या र अस्पष्टता अन्त्य हुनुपर्ने धारणा राखेका हुन् ।

राजविराजमा मंगलबार नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले दुई नम्बर बुँदामा दुवै पक्षबाट दोहोरो अर्थ लाग्ने गरी भइरहेको व्याख्या र अस्पष्टता चाँडै अन्त्य हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ