राकेश यादव , रौतहट, ३० असोज । समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको समायोजन कार्यक्रममा सहभागी भएका प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको पार्टी कार्यकर्ताहरुले चर्को विरोध गरेका छन् । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको लहलहीमा आएका अर्थमन्त्री यादवको आफ्नै पार्टीका कार्यकर्ताहरुले विरोध गरेका हुन् ।
संघीय समाजवादी पार्टी र नयाँ शक्ति एक ठाउँमा एकीकरण भए पश्चात् जिल्ला कार्यसमिति समायोजन गर्नलाइ रौतहट जिल्लाको सदरमुकाम गौर स्थित रौतहट उद्योग वाणिज्य संघको सभा हलमा बुधवार आयोजित पार्टी समायोजन कार्यक्रममा बल प्रयोग गर्दै विधान विपरीत कार्य गरेको भन्दै ५० जना जिल्ला सदस्य प्रतिनिधिहरुले कार्यक्रमको विरोध गर्दै कुर्सी समेत फालाफाल गरेका हुन् ।
कृषि राज्यमन्त्री यादवको कार्यशैली देखेर आक्रोशित रहँदै आएका समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले राज्यमन्त्री यादव लगायत अर्थमन्त्री एवं पार्टीका प्रदेश अध्यक्ष समेत रहेका यादवको विरोध गरेका हुन् । प्रदेश अध्यक्ष यादवले विधानको धज्जिया उडाउँदै अरुको बहकाउमा परेर बलपूर्वक प्रहरीको सहयोग लिएर जिल्ला कार्य समितिको पदाधिकारी चयन गरेको पूर्व जिल्ला संयोजक विन्देश्वर यादवले आरोप लगाएका छन् ।
६३ जना जिल्ला सदस्य भएको पार्टीको जिल्ला कार्य समितिको पदाधिकारी सदस्यहरुको बैठकबाट चयन गर्नुपर्ने वैधानिक व्यवस्थालाई आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश अध्यक्ष यादवले वल पुर्बक पदाधिकारी चयन गरेपछि असन्तुष्ट पक्ष हल्ला खल्ला गर्दै कार्यक्रम बहिष्कार गरेर हलबाट बाहिरिएको बुझिएको छ ।
तपाईको प्रतिक्रिया