काठमाडौं, १७ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष नरसिंह चौधरीले कुटनीतिकरुपमा जेजस्तो विवाद आएपनि नेपाल–भारतबीचको सम्बन्धमा असर नपरेको बताएका छन् ।
उनले केही तत्वले आफूलाई राष्ट्रवादी देखाउन बेलाबखतमा विभिन्न बखेडाहरु झिक्ने गरेको बताए ।
उनले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको बताउँदै कुटनीतिक विवादहरु समाधानका लागि दुवै देशका सरकार पहल गर्नुपर्ने बताएका छन् ।
मधेशीको राष्ट्रियतामाथि जहिले प्रश्न उठाउने मानसिकताका कारणले भारतलाई जहिले पनि गाली गर्ने प्रवृत्ति देखिएको उनको आरोप थियो ।
तपाईको प्रतिक्रिया