काठमाडौं, ९ पुस । समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।
समाजवादी पार्टी केन्द्रीय समितिले बुधबार सिंहदरबारस्थित संसदीय दलमा पत्रकार सम्मेलन आयोजना गरी समर्थ फिर्ता लएको घोषणा गरेको हो ।
समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आजकै मितिदेखि समाजवादी पार्टी संघीय संसदमा प्रतिपक्षीको बेञ्चमा बस्ने, संविधान संशोधनका लागि दबाब सिर्जना गर्ने निर्णय बताएका छन् ।
संघीयता, शासकीय स्वरुप, समावेशिता लगायतका विषयहरुमा संविधानमा गम्भीर त्रुटिहरु रहेकोले ती सबै सच्याउनका लागि अब संसद र सडकबाट संघर्ष जारी राख्ने अध्यक्ष यादवले बताएका छन् ।
संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविद्हरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न आफू मन्त्री हुँदा मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्रीले अस्वीकार गरेकोले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको उनले बताए ।
अध्यक्ष यादवले प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फीरुपमा तोडेको आरोप लगायतका छन् ।
उनले संसदमा प्रतिपक्षमा रही रचनात्मक र सृजनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका छन् ।
<iframe src="//www.youtube.com/embed/3SrCT24PVx8" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया