नयाँ दिल्ली, ३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भारतसँगको सीमा विवाद समाधानका लागि वर्तमान सरकारले केही गर्न नसकेको आरोप लगाएका छन् ।
भारतको नयाँदिल्लीमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले सीमा विवादमा सरकारी रवैयालाई खोक्रो राष्ट्रवादको संज्ञा दिए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको भन्दै उनले सार्वभौममुलुक नेपालको स्वतन्त्र अस्तित्व स्विकार गर्नुको विकल्प भारतसँग नरहेको बताए ।
भारत नेपालको नजिकको छिमेकी भए पनि दुई देशबीच धेरै गुनासा र समस्या रहेको बताउँदै पौडेलले कूटनीतिक ढंगले समस्या समाधान गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया