सीमा विवाद टेबलमा समाधान हुने विषय हो : सल्लाहकार रिमाल

राजनीति

12/6/2019

काठाडौं, २० मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सीमा विवाद टेबलमा समाधान हुने विषय रहेको बताएका छन् ।

उनले छिमेकीका कुरामा कुटनीतिक तरिकाले डिल गर्नुपर्ने भन्दै क्रान्तिकारी देशभक्त छु भनेर हिरो बन्न देखाउने विषय नरहेको टिप्पणी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा सल्लाहकार रिमालले भने, ‘छिमेक भनेकै कहिलेकाही घाच्चघुच्च हुने ठाउँ हो । परको ठाउँमा सीमानाको कुरा हुँदैन । यी धेरै पहिलाको विषय हुन्, ती हल गर्नुपर्ने हो ।’

उनले कालापानीको विषयमा नेपालले स्पष्ट दावी गरेको छ, भारतले त्यो सुनेको छ र उसले बसेर छलफल गरौं भनेको जानकारी दिए ।

‘यसलाई आफ्ना प्रमाणका ठेलीसहित टेबलमा दावी गर्ने हो । विगतका सरकारलाई सहयोग भएन होला अहिलेको सरकारलाई जनता र प्रतिपक्ष दलको पनि सहयोग विश्वास छ त्यसैले यो विषय हल हुन्छ ।’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ