सीमा विवाद भारतले समाधान गर्न चाहेपनि सरकारले पहल गरेको छैन : यादव

राजनीति

12/3/2019

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले सीमा विवादको समस्या समाधानका लागि भारत सरकार तयार रहेपनि नेपालको सरकार उदासीन रहेको आरोप लगाएका छन् ।

केही काम गर्न नसकेको सरकारले आफ्नो कमी कमजोरी लुकाउनका लागि छिमेकी राष्ट्रको विरुद्धमा प्रचारवादी मात्र गरिरहेको उनको आरोप थियो ।

राष्ट्रवादी देखाउनका लागि मात्र यस्तो विवादहरु ल्याउने गरेको उनले बताए । उनले भारत सरकारले कालापानी लगायतका समस्या समाधानका लागि तयार रहेको उनले बताए ।

अहिले सम्पूर्ण राजनीतिक दलहरु सरकारलाई सहयोग गर्न तयार रहेपनि केपी ओलीको सरकारले कुनै पहल नगरेको उनको गुनासो थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ