सीमा विवाद समाधान गर्ने दायित्वबाट सरकार पन्छिरहेको छ : विद्यार्थी नेता यादव

राजनीति

12/10/2019

काठमाडौं, २४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले सीमा विवाद समाधान गर्न सरकार चुकिरहेको बताएका छन् ।

उनले सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्नुको साटो सत्तारुढ दलले आफ्ना भ्रातृ संगठनहरुलाई छिमेकी मित्रराष्ट्रहरुको विरोधमा नाराजुलुस लगाउन छुट दिएको आरोप लगाएका छन् ।

‘कुनै पनि छिमेकी मुलुकको विरुद्धमा नाराबाजी गर्नु वा झण्डा जलाउनु अलोकतान्त्रिक हो । यसले छिमेकी मुलुकसँगको सम्बन्धलाई बिगार्नेछ ।’ उनले भने, ‘यदि भारतले सीमा मिचेको छ भने सरकारले छिमेकी राष्ट्रसँग अविलम्ब आफ्ना प्रमाणसहित टेबलटक गर्नुपर्ने आवश्यकता छ ।’

छिमेकी मुलुकसँगको सम्बन्ध बिगारेर नेपालको समृद्धि हुन नसक्दै भन्दै विद्यार्थी नेता यादवले छिमेकी राष्ट्र भारत वा चीनलाई गाली गरेर नेपालमा समृद्ध नआउने दाबी गरेका छन् ।

सरकारले सीमा विवाद समाधानका लागि गृहकार्य गरिरहेको भन्ने सुनिए तापनि ठोसरुपमा पहल नभइरहेकोप्रति उनले आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ