सयौं नेता कार्यकर्ता राजपामा प्रवेश

राजनीति

3/15/2019

वीरगन्ज, ३० फागुन । विभिन्न पार्टी परित्याग गरी सयौंका संख्यामा नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राजपा नेपालले आयोजना गरेको कार्यक्रममा करीब तीन सय जना राजपामा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा तत्कालीन ठोरी गाविसका अध्यक्ष जरी लामासहित नेकपा माओवादी तथा नेकपाका कार्यकर्ता राजपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई राजपाका सहअध्यक्ष तथा पर्सा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले फूलमाला र अबिर लगाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ