धनगढी, १३ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई तिहाईको कम्युनिष्ट सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् ।
उनले यो दुई तिहाइको सरकारले भ्रष्टाचार मौलाएको आरोपसमेत लगाएका छन् । उनले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउनमा नयाँ शक्ति पार्टी लागेको बताए ।
दुई तिहाइ बहुमतको अहिलेको कम्युनिष्ट सरकारले सुशासन र विकास दिन नसकेको निष्कर्षसमेत निकालेका छन् ।
तपाईको प्रतिक्रिया