काठमाडौं, २९ फागुन । सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई यथाशीघ्र सार्वजनिक गर्न विशेष निर्देशन दिएपछि राष्ट्रिय जनता पार्टी नेपालको अवरोध हटेको छ ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।
त्यसपश्चात् सभामुखले १० मिनेटका लागि बैठक स्थगित भएको जनाएका थिए । १० मिनेटपछि पुनः बैठक सुरुभएपछि राजपाका सांसदहरु बैठक अवरुद्ध गरेका थिए ।
सभामुख महराले सरकारलाई यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विशेष निर्देशन दिएकोले अवरोध नगर्न आग्रह गरेका थिए । त्यसपछि बैठक पुनः सुचारु भएको छ ।
तपाईको प्रतिक्रिया