सरकारले अहिलेसम्म कुटनीतिक पहल गरेको छैन : डा.खड्का

राजनीति

12/14/2019

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले सीमा विवाद समाधान गर्नका लागि सरकारले अहिलेसम्म कुनै किसिमको कुटनीतिक पहल नगरेको बताएका छन् ।

उनले देशको सर्वाभौमता, राष्ट्रियता र सीमा जस्ता विषयमा सरकारले जनतालाई ढाट्ने काम मात्रै गर्दै आएको आरोप लmगाएका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, सीमा समस्यालाई विवाद गरेर द्वन्द्व सिर्जना गर्नेतिर लाग्नुहुँदैन । वार्ता गर्न सरकार किन कानमा तेल हालेर बसेको ? किन गर्न सकिरहेको छैन ।’

उनले भनेका छन्, ‘बाहिर कतै सुनिएको थियो, कता माधव नेपालको नेतृत्वमा वार्ता जाने भन्ने त्यो पनि आधिकारिक होइन रहेछ । त्यसै हल्ला गरिएको रहेछ । अनि । अहिलेसम्म कुटनीतिक पहल हुन सकेको छैन । प्रधानमन्त्रीजी कुरा मात्रै ठूला गर्नुहुन्छ । सुरु–सुरुमा उहाँहरु निकै तारउमाउर गर्नुभयो अहिले किन निदाइरहनु भएको छ, केही थाहा छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ