काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता आनन्द पोखरेलले भारतसँगको सीमा विवादबारेको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।
प्रतिपक्षी दलका नेताहरुले सीमा विवाद समाधानका विषयमा सरकार पहल नगरिरहेको आरोप लगाइरहँदा नेता पोखरेल यस्तो जवाफ दिएका छन् ।
उनले नेपालको एक इन्च पनि भूभाग कसैले लिन नपाउने र कसैको एक इन्च पनि नलिने बताउँदै कुटनीतिक रुपमै सरकारले समस्या समाधान गर्ने बताए ।
छिमेकी राष्ट्रहरुसँग केपी ओली नेतृत्वको सरकारले सम्बन्ध राम्रो बनाउन सफल भएको दाबी गर्दै छिमेकी राष्ट्र भारतसँग यस विषय छिट्टै वार्ता हुने जानकारी दिए ।
उनले भारत सरकार पनि यो मुद्दाको समाधान चाँडै चाहेकोले यसका लागि नेपाल सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया