सरकार पूर्णरुपमा विफल : महामन्त्री कोइराला

राजनीति

5/6/2019

कपिलवस्तु, २२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी ओली नेतृत्ववको वर्तमान सरकार पूर्णरुपमा विफल भएको आरोप लगाएका छन् ।

दुई तिहाई सरकारले एक वर्षको दौरानमा माखो पनि मार्न नसकेको भन्दै उनले बाँकी ४ वर्ष पनि केही गर्न नसक्ने महामन्त्री कोईरालको दाबी छ ।

नेपाली कांग्रेस साविक क्षेत्र नम्बर २ कपिलवस्तुले मायादेबी गाउँपालिकाको डुमरामा राखेको सभालाई सम्बोधन गर्दै उनले सरकारले जनतालाई पूरा गर्न नसक्ने सपनाको पोका बाँडेको बताए ।

‘सरकार विफल भयो, बाँकी चार वर्ष पनि केही गर्न सक्दैन’ उनले भने ‘जनताालाई खाली पुरा नहुने सपना मात्र बाँडिरहेको छ ।’ किसानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजको कुरा गर्नु हास्यास्पद रहेको उनी बताउँछन् ।

उनले कांग्रेस सदनमा सशक्त प्रतिपक्षको भूमिका आशा गरेअनुसार निभाउन नसकेको स्विकार गर्दै उनले सरकारको कमी कमजोरीका विषयमा कांगे्रसले जोडदार आवाज भने उठाएको दाबी गरे । उनले दुई तिहाईको सरकार आफै सकिएर जाने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ