सरकार संस्थागत रुपमा भ्रष्टाचार गर्दे : संग्रौला

राजनीति

3/28/2019

कपिलवस्तु, १३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद डा.डिला संग्रैलाले बर्तमान केपी ओली नेतृत्वको सरकारले संस्थागत रुपमै नै भष्टचार गरी राज्यकोषको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

नेपाल प्रेस युनियक कपिलवस्तुले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा वोल्दै संग्रौलाले जनतालाई सवृद्धिको नारा दिएर सरकार कानुनको खिलाप गर्दै भ्रष्टाचारमा लिप्त रहेको उनले बताइन् ।

वाइडबडी जहाज खरिद, ३३ किलो सुन काण्ड, वुढिगण्डकीको ठेक्का टेण्डर विना दिनु तथा प्रधानमन्त्रीले एकलैटी रुपमा अनुदान तथा कार्यक्रम मार्फत खर्च गर्दै जानुले पनी सरकारको काम संस्थागत रुपमा भष्ट्चार गर्नु भएको प्रष्ट भएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ