सार्क दिवसमा ओली र मोदीको सन्देश

राजनीति

12/10/2019

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को अवरुद्ध सम्मेलनलाई आयोजना गर्दै यो संगठनलाई जतिसक्दो चाँडो पुनर्जीवन दिनुपर्ने बताएका छन् ।

सार्क स्थापनाको ३५ औं वार्षिकोत्सव अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सार्कको संस्थापक एवं वर्तमान अध्यक्षका नाताले दक्षिण एसियाली जनताका साझा सपना साकार पार्नमा सदस्य राष्टसँग निरन्तर संवाद र सहकार्यमा नेपाल लागिपर्ने बताएका छन् ।

यसैगरी सार्क वडापत्र जारी भएको ३५ वर्ष पुगेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कमा धेरै प्रगति भएपनि गर्न बाँकी काम उतिकै बाँकी रहेको बताएका छन्।

भारत–पाकिस्तान विवादकै कारण ५ वर्षयता सार्क शिखर बैठक हुन नसकिरहेका सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले कुनै मुलुकको नाम उल्लेख नगरी ‘आतंकवादी गतिविधिका कारण सार्कको बृहत सहकार्यमा बाधा परिरहेको’ बताए ।

सार्क क्षेत्रका सबै मुलुकले आतंकवादलाई परास्त गर्न प्रभावशाली कदम चाल्नुपर्ने बताउँदै प्रधानमन्त्री मोदीले ‘दह्रिलो सार्क बन्नका लागि आपसी विश्वास र आत्मविश्वास जरुरी रहने’ उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ