काठमाडौं, १२ भाद्र । सत्तारुढ समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधानले नै आफूलाई विभेद गरेको भन्दै नेपाल–भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् ।
बिहीबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले भनिन्, ‘नेपाल मेरो देश हो, मेरो घर हो । तर विश्व राजनीतिको रंगमञ्चमा नेपालको प्रतिनिधित्व गर्न मलाई केही छेकबार अहिले पनि रहेको छ ।
वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभेद गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन् । यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनले बताईन् ।
लोकतन्त्र प्राप्ति हुनुभन्दा पहिले आफूले वैवाहिक अंगीकृत नागरिकता बनाउँदा राजनीतिक अधिकार बराबरी भएको र ०४६ र ०६३ को संविधानले पनि त्यसलाई कायम राखेकोको ०७२ को संविधानले त्यो अधिकार कटौती गरेकोमा उनको असन्तुष्टि थियो ।
तिमी फरक नागरिक छौं भनेर राज्यले नै आफूमाथि विभेद गरेकाले गुमाएको अधिकार प्राप्त नहुँदासम्म पार्टी र जनताले दिएको बाहेक कुनै पनि पद नलिने गिरिको अडान छ ।
तपाईको प्रतिक्रिया