सर्लाही, १३ जेठ । सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा बम विस्फोट भएको छ । हरिपुर नगरपालिका–२ मा रहेको नगरपालिका कार्यालयमा आइतबार राति अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
बम स्फिोटबाट कार्यालयको झ्यालको सिसा फुट्नुकासाथै पूर्वपट्टिको पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोट कसले गरायो भन्ने कुराबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया