सर्वोच्चको आदेश पुनर्विचार गर्न माग

राजनीति

4/11/2019

काठमाडौं, २८ चैत । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले नागरिकताको सन्दर्भमा सर्वोच्च अदालतले जारी गरेको आदेश पुनरावलोकन तथा पुनर्विचार गर्न माग गरेको छ ।

गृह मन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरी जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नाताले नागरिकता दिने निर्णय कार्यान्वयन गर्न/गराउन निर्देशन जारी गरेको थियो ।

यता, पुस २५ गते सर्वोच्च अदालतले उक्त निर्देशनलाई कार्यान्वयन नगर्न/नगराउन आदेश जारी गरेको हो । सर्वोच्चको उक्त निर्देशन आफ्नै आदेश विरुद्ध रहेको समाजवादी पार्टीको ठहर रहेको छ ।

सर्वोच्चले यस्तो आदेश जारी गरी लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्यविहीन अवस्थामा पु¥याउने खालको फैसला भएको भन्दै अध्यक्ष अन्सारीले दुःख व्यक्त गरेका छन् ।

अन्सारीले उक्त आदेशको सम्बन्धमा पुनरावलोकन र पुनर्विचार गर्न सम्बन्धित निकायलाई अपील गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ