स्वच्छ सफा नगर बनाउने जिम्मा सबैको : मेयर गुप्ता

राजनीति

9/19/2019

राकेश यादव, रौतहट, ३० भाद्र । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले अबदेखि नगरको सरसफाईको अभिभारा विद्यार्थीलाई दिएको बताएका छन् ।

इन्टरनेशनल बाल एकेडमी गौरले बाल अधिकार दिवसको अवसरमा आयोजना गरेको बृहद सरसफाई अभियान कार्यक्रममा नगर प्रमुख गुप्ताले नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाई बालबालिकाको अधिकार सुनिश्चितता गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा सरसफाईको लागि डस्टबिन विद्यार्थीहरुलाइ हस्तानान्तरण गर्दै अबदेखि नगरको सफाई, सुन्दर नगर स्वच्छ र हरियाली नगरपालिका बनाउने जिम्मेवारी विद्यार्थी, पत्रकार र स्थानीयहरुलाइ दिइएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ