संविधानमा मधेशीलाई विभेद गरिएको छ : यादव

राजनीति

10/20/2019

रौतहट, ३ कार्तिक । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यावदले समाजवादी नेपालले सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर दिएको बताएका छन् ।

सरकार संविधानमा मधेशीलाई विभेद गरेको भए पनि संविधान संशोधन गर्नका लागि आफनो पार्टी सरकारमा गएको समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले बताएका हुन् ।

समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले शनिवार गरुडा चिनि मिलको प्रांगनमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा वृहत पार्टी प्रवेस कार्यक्रमम मन्त्री यादवले उक्त कुरो बताएका हुन् ।

यादवले सरकारलाई संविधान संशोधन गर्नको लागि अहिले दिएको अवसर गुमाए भने सरकार छाडेर पुनः आन्दोलनमा जाने चेतावनी दिए ।
सरकारले संविधान संशोधन गर्ने प्रक्रिया चाडै अगाडि बढाउने कुरामा आफुहरु विस्वस्त रहेको उनले बताएका थिए ।

राज्यले थोरै लगानी गरेका कारण तराई मधेश विकसित र समृद्ध बन्न नसकेको बताउँदै मन्त्री यादवले स्वास्थ्या, शिक्षा र कृषिमा सरकारले लगानी गर्न सके तराई मधेश चाडै विकसित र समृद्ध बन्न सक्ने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय अध्यक्ष यादवले पार्टी प्रवेश गर्नेहरुलाई माला र टीका लगाएर स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ