संविधानमा ‘राइट टू रिकाल’को व्यवस्था गर्न माग

राजनीति

9/19/2019

काठमार्डाैं, २ असोज । जनमत पार्टीका संयोजक सिके राउतले ‘राइट टू रिकाल’को संवैधानिक व्यवस्था गर्न माग गरेका छन् । उनले जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन पनि माग गरेका छन् । संविधानले जनमत संग्रह गर्न अधिकार दिएको भन्दै संयोजक राउतले आवश्यक ऐन बनाउन माग गरेका हुन् ।

संविधानको धारा २७५ मा जनमत संग्रहको व्यवस्था गरिएको भन्दै उनले संविधानले दिएको अधिकार प्रयोग गर्न आवश्यक ऐन बनाउनु पर्नेमा जोड् दिएका छन् ।

‘नेपालको संविधानको धारा २७५ मा रहेको जनमत संग्रह गर्ने व्यवस्थाका लागि आवश्यक ऐन तयार गर्दै ५ लाख नागरिकले आवश्यक संविधान संशोधनको लागि हस्ताक्षर गरेर बुझाएको खण्डमा सो विषयलाई संघीय संसद्ले जनमत संग्रहमा लग्नुपर्ने प्रावधान ल्याउन जनमत पार्टीले माग गर्दछ,’ सिके राउतले फेसबुकमा लेखेका छन् । साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मजबूत बनाउँदै र जनभावना अनुरुप सिमांकन सच्चाउनु पर्नेमा समेत जोड् दिएका छन् ।

राउतले शहीद परिवारलाई मासिक ३० हजार उपलब्ध गराउन, उपचार खर्च दिन, मुद्दा फिर्ता लिन माग गर्दै राउतले असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै यस दिन शहीदको बलिदानीको सम्मान गर्न र विगतका सम्पूर्ण सम्झौताहरू लागू गर्न दबाब दिन घर–घरमा शहीदलाई श्रद्धाञ्जली अर्पण गर्न अपील गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ