संविधानमा रहेका त्रुटिलाई कांग्रेसले सच्याउन चाहन्छ : पौडेल

राजनीति

3/29/2019

जनकपुरधाम, १५ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले संविधानमा रहेका त्रुटिहरुलाई कांग्रेसले सच्याउन चाहेको बताएका छन् ।

उनले त्रुटिहरुलाई सच्याउँदै सर्वस्वीकार्य संविधान बनाउनुपर्ने धारणा राखेका छन् । नेपाल प्रेस युनियन धनुषाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

उनले मधेशी दलहरुले संविधान संशोधन विरोधीहरुलाई समर्थन गरेको आरोप लगाउँदै मधेशी जनतालाई भ्रममा राखेको जिकिरसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ