रुपन्देही, २४ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनलगायतका मुद्दामा विभिन्न राजनीतिक शक्तिहरुसँग ध्रुवीकरण गर्न लागेको बताएका छन् ।
उनले पहिचानसहितको प्रदेश निर्माण र संविधान संशोधनका विषयमा ध्रुवीकरण गर्न लागेको दाबी गरेका छन् । शनिबार मगर राष्ट्रिय परिषदको संघीय भेलाको बुटवलमा उद्घाटन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजप्रा बाहेकका शक्तिहरुसँग ध्रुव्ीकरण गर्न लागेको जानकारी दिएका हुन् ।
नेकपा, कांग्रेस र राप्रपाहरु संघीयता विरोधी रहेको समेत जिकिर गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् ।
पहिलो संविधानसभामा कांग्रेस र एमाले पहिचानका आधारमा १० प्रदेश बनाउने सहमतिबाट पछि हटेको स्मरण गर्दै उनले पहिचानका आधारमा प्रदेशको सिमांकनका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया