काठमाडौं, १४ फागुन । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्थाका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गरेको छ ।
कुनै नेताका लागि मात्र संविधान संशोधन गर्न कार्यदल बनाएको भन्दै पार्टीभित्र र बाहिरबाट पनि चर्को आलोचना हुन थालेपछि नेकपाले सो कार्यदल भंग गरेको हो ।
नेकपा सचिवालयको बुधबार बसेको बैठकले संविधान संशोधनको औचित्य नरहेको भन्दै संविधान संशोधन कार्यदल भंग गरेको एक नेताले बताएका छन् ।
नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । जसमा सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा थिए ।
संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अथगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य नरहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया