राकेश यादव , रौतहट, १ कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्बर २ (ख) विधान सभाका प्रदेश २ का प्रदेशसभा सदस्य रामकिशोर यादवले पार्टी भित्रको विवाद उच्च नेतृत्व तहबाट समाधान नगरिएमा पार्टी कमजोर हुने भएकोले यसप्रति केन्द्रीय नेताहरु गम्भीर हुनुपर्ने बताएका छन् । बुधवार सदरमुकाम गौर स्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित पार्टी समायोजन घोषणा कार्यक्रममा भएको विवादको विषयमा विहिवार संचारकर्मीहरु सित कुराकानी गर्दै प्रदेश सदस्य यादवले यस्तो धरणा व्यक्त गरेका हुन् ।
पार्टी समायोजन घोषणाको कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष एवं प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले विधान विपरीत जिल्ला कार्य समितिको पदाधिकारीको घोषणा गर्दा पार्टीका ५० जना कार्यकर्ताहरुले सभाहल मै हल्ला बबाल गर्नुको साथै कुर्सी हानाहान गर्न लाग्दा २ भ्यान प्रहरी बोलाएर अर्थमन्त्री यादवले १३ जनालाइ शपथ ग्रहण गराएको कारण रौतहटमा पार्टीभित्र मतभेद उत्पन्न भएको हो ।
असन्तुष्ट पक्षले सामानान्तर जिल्ला कार्यसमिति समेत घोषणा गर्ने तयारीमा तल्लीन भएका छन् । प्रदेश सांसद यादवले जिल्ला कमिटीले गर्नुपर्ने कार्य प्रदेश कमिटीले गरेकोप्रति पार्टीका जिल्ला सदस्यहरु आक्रोशित भएकोले विवाद समाधान गर्न केन्द्रीय नेताहरुलाइ आग्रह समेत गरेका छन् ।
उनले कार्तिक २ गते हुने पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम भव्य रुपमा सफल बनाउन पार्टी कार्यकर्तासँग अपील समेत गरेका हुन् । कृषि राज्यमन्त्री योगेन्द्र यादवप्रति लक्षित गर्दै सांसद यादव आफ्नो स्वार्थ पूरा गर्न फोरमबाट सद्भावना, राजपा र फेरी फोरममा प्रवेश गर्नेको कारण पार्टीमा कुनै असर नपर्ने जिकिर गरे ।
स्वार्थ पूरा नभएमा फेरी पार्टी छोडेर भाग्ने एक व्यक्तिले कुनै फरक नपर्ने भन्दै सांसद यादवले समाजवादी पार्टी नेपाल भविष्यमा देशको ठूलो शक्तिशाली पार्टी बन्ने दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया