बाँके, २५ फागुन । बाँकेको सुशासन, सम्वृद्धि र आर्थिक स्थायीत्वका लागि युवा नेतृत्वको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् ।
राप्ती सोनारी र नरैनापुर गाँउपालिकामा शनिबार आयोजित “सुशासन, सम्वृद्धि र आर्थिक स्थायीत्व, राप्ती र नरैनापुरका लागि युवा नेतृत्व” विषयमा भएको छलफलमा यस्तो बताएका हुन् ।
विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनबाट पनि राप्ती सोनारी र नरैनापुरको विकास नभएपछि अब दुबै गाँउपालिकाको सम्वृद्धि र विकासका लागि यूवाहरुको खोजी गर्न थालिएको छ ।
राप्ती सोनारी र नरैनापुरबाट नेतृत्व गर्नेहरु अहिले राष्ट्रका विशिष्ट तहमा पुगिसक्दा समेत उक्त गाँउपालिकमामा विकासमा परिवर्तन आउन नसकेपछि सुशासन, सम्वृद्धि र आर्थिक स्थायीत्वका लागि यूवाहरुको नेतृत्वको खोजी भएको हो ।
नेपाल इक्रा एजुकेशनल फाउण्डेशनले राप्ती सोनारीमा तृष्ण स्याङतान लामाको संयोजकत्वमा ११ सदस्य इक्रा यूथ फोरम गठन गरिएको छ भने नरैनापुरमा अशोक हरिजनको नेतृत्वमा ९ सदस्य फोरम गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया