वीरगंज, २१ बैशाख । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा निर्माण हुन लागेको मदरसा भवनको एक कार्यक्रमका बीच संघीय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।
सांसद विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद यादवको संसदीय कोषबाट १० लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनको शनिबार एक कार्यक्रमका बीच सांसद यादवले शिलान्यास गरेका हुन् ।
मदरसाको विधिवत शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले मदरसा भवन निर्माण भइसकेपछि यस क्षेत्रका हजारौं बालबालिकाको पठनपाठनमा टेवा पुग्ने बताए ।
आफ्नो निर्वाचन क्षेत्र घुम्ने क्रममा जनताहरुले मठ, मन्दिर, धर्मशाला बनाउन मात्र आग्रह गर्ने गरेको बताउदै सांसद यादवले यस क्षेत्रका जनताले बालबालीकाहरुलाई पठन पाठनका लागि मदरसा भवन बनाई दिन गरेको आग्रह निकै प्रशंसायोग्य रहेको बताए ।
सांसद यादवले यस वर्षको बजेटबाट भवन निर्माण अपुग भए आगामी वर्षको बजेटबाट मदरसा भवनलाई पूर्णता दिने विश्वास व्यक्त गरे ।
फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले विकास निर्माणका कार्यहरुमा कसैले अवरोध नगर्न आग्रह गरे । वडा नम्बर १२ मुर्ली चौकदेखि प्रतिमा चौक आयल निगम सम्मको बाटो फराकिलो गर्ने क्रममा विकाश विरोधी तत्वहरुले अडचन हाली रहेको बताउदै सांसद यादवले त्यस्ता त्तवहरु प्रिवर्तन विरोधी रहेको बताए ।
विकासका माध्यमले नै देशलाई समृद्ध बनाउन सकिने बताउँदै सांसद यादवले विकाश निर्माणका कार्यमा अवरोध नगर्न सबैमा आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,जिल्ला समन्व्य समितीका सभापति नेकमहमद अंसारी, फोरम नेपालका प्रदेश सदस्य शशिकपुर मियाँ, वडा नम्बर १२ का अध्यक्ष रामदरश कुशवाहा, वडा नम्बर १३ का अध्यक्ष तुफान फारुक अंसारी, नुरालम अंसारी, शेख रुषतम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम घनश्याम गुप्ताले संचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया