रुपन्देही, २८ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले डा.सीके राउतसँग गरेको सहमतिले आशंका पैदा गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले पृथकतावादी गतिविधि गरेको समूहलाई सहमतिमा ल्याउनु राम्रो भए पनि यसले अनेक आशङ्का पैदा गरेको बताए ।
उनले राष्ट्रको स्वाभिमान र अखण्डताका लागि जनमत सङ्ग्रह मान्य नहुने समेत बताए ।
तपाईको प्रतिक्रिया