हिन्दू राष्ट्र बनाऊ आन्दोलनमा युवाको भूमिका अग्रणी हुनु पर्ने : अध्यक्ष पटेल

राजनीति

3/27/2019

वीरगंज, १२ चैत । हिन्दू युवा परिषद् वीरगंज नगर कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकमा युवाहरुलाई निर्देशन दिँदै सम्पूर्ण नेपालीहरुको पहिचानका लागि हुने आन्दोलनमा युवाहरुको महत्वपूर्ण भूमिका हुनु पर्ने कुरामा जोड़ दिएका थिए ।

नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनका लागि आगामी दिनमा हुने आन्दोलनमा युवा जमातले नेतृत्वदायी भूमिका हुनु पर्ने धारणा राखेका थिए ।

नेपालमा कम्युनिस्ट सरकार माथि क्रिष्चन तन्त्र हाबी भएकोले सचेत एवं सजक हुने बेला आएको परिषद्का केन्द्रीय अध्यक्ष सन्तोष पटेलले बताए ।

गैरहिन्दूहरुले हालका दिनमा नेपालका विभिन्न जिल्लामा आतंक मचाउने र हिन्दूका आस्थासँग खेलवाडका घटना हुँदा राज्य मुकदर्शक हुनुले देशी विदेशी शक्ति केन्द्रले सुनियोजित तरिकाले प्रहार गरिरहेको पटेलले बताए । आफ्ना पहिचान र स्वभिमानका लागि आफ्ना पार्टी भन्दा माथि उठने बेला आएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ