हाम्रो प्रयास हाम्रै देशमा उपचार होस् भन्ने हो : स्वास्थ्यमन्त्री यादव

राजनीति

8/20/2019

काठमाडौं, ३ भाद्र । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही रोगको उपचारका लागि मात्र विदेश जानुपर्ने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताएका हुन् ।

धेरै रोगको उपचारको लागि विदेश जानु नपर्ने उनको भनाई थियो ।  एसियामात्र होइन, युरोपका विरामी पनि नेपालमा उपचारका लागि आउने गरेको उनको जिकीर थियो । विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट उपचारका लागि आउने गरेको उनले बताए ।

क्यान्सरको उपचारमा पनि नेपालको उपचार राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको उनको दाबी छ । ‘मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ’ उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने ‘हामीकहाँ सम्भव नभएको केही रोगहरुको उपचार पनि छन् । त्यसको उपचार बाहिर गर्नुपर्छ – उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ