नुवाकोट, २५ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी नेता प्रधान नभई नीति प्रधान हुनुपर्ने कुरा बताएको छ ।
उनले उक्त कुरा यहि शनीवार नुवाकोटको रानीपौवामा भएको जिल्ला समिति पुनर्गठन भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै बताएको हो ।
नेता श्रेष्ठले पार्टी नेताहरूलाई १५० किलोको माला पहिर्याई दिएर वा व्यक्ति पुजाको शैलीबाट होइन सही नीति र विचारको कार्यान्वयनको आधारमा बन्ने बताए ।
व्यक्ति पुजाको शैली पुँजीवादी शैली भएको बताउँदै उनले भने, ‘समाजवादी विचार बोकेका नेताहरूले सिद्धान्त मात्र नभई आफ्नो कार्यशैली पनि समाजवादी बनाउन सक्नु पर्छ ।’
नेता श्रेष्ठले ससफो नेपालले जनतालाई नेपाली समाज परिवर्तनको मौलिक बाटो सङ्घीय समाजवाद दिएको बताउँदै भने, ‘सङ्घीय समाजवादले समानुपातिक समावेशीकरण सहितको सङ्घीय राज्य बनाई राष्ट्रिय एकता मजबुत बनाउनुका साथै देशलाई समाजवादको बाटोमा दोहर्याउँछ ।’
पार्टी निर्माणमा विचारको महत्त्वबारे उनले भने, ‘विचार तेल हो भने संगठन इञ्जिन । सहि बिचारले नै संगठनलाई दोहर्याउँछ ।’
हाम्रो कम्युनिष्ट पार्टीबाट ससफोमा एकीकृत भएका धादिङ जिल्ला नेता देवराज घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका अध्यक्ष लालवहादुर तामाङले कुनै पनि संगठन जन्मंदा सानो भएर जन्मन्छ, तर विचार सही भए संगठन फैलिएर जान्छ भन्दै ससफो नेपाल जन्मंदै आकारमा काङ्ग्रेस कम्यनिष्टभन्दा ठूलो भएको बताए ।
तपाईको प्रतिक्रिया