काठमाडौं, २ भाद्र । महन्थ ठाकुर समूहका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले आफूहरुले नेपालको सबै भूभागका नेपाली अटाउने पार्टी निर्माण गर्न लागेको बताएका छन् ।
बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि पुगेका नेता अरगरियाले सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
उपेन्द्र यादवसमूहबाट महन्थ समूहमा आएका नेता अरगरियाले उपेन्द्र हैकमवादी प्रवृत्तिको रहेको आरोप लगाए । उनले उपेन्द्रकै हैकमवादी प्रवृत्तिका कारण पार्टी विभाजन भएकोसमेत आरोप लगाए ।
उनले पहिलाको भन्दा पनि ठूलो पार्टी बनाउने दाबी गरेका छन् ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि महन्थ समूहले नयाँ पार्टी दर्ता गराउन लागेका हुन् ।
महन्थ एकल अध्यक्ष रहने गरी जसपा नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल गठनका लागि आयोगमा निवेदन दिइएको हो ।
तपाईको प्रतिक्रिया