लोसपा अध्यक्ष महन्थ ठाकुर बारा–४ बाट सिफारिस

राजनीति

बारा, २१ भदौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ ।

लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो । २०७४ को चुनावमा ठाकुर गृहजिल्ला महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।  

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ