जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी– २ बाट सिफारिस

राजनीति

सप्तरी, २१ भदौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपले सिफारिस भएको छ ।

जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मत रूपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिए ।
जसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । यो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले यसअघि नै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । 

यस्तै सप्तरी निर्वाचन क्षेत्र नं १ बाट वर्तमान प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव र मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख तामाङले जनाए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ