नेकपा (एकीकृत समाजवादी)को घोषणापत्र तयार

राजनीति

काठमाडौं, १३ कार्तिक । नेकपा ( एकीकृत समाजवादी ) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ ।

भोलि दिउँसो १ वजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको छ ।

एकीकृत समाजवादीले आर्थिक–सामाजिक रूपान्तरण सहितको समृद्धि तथा समाजवादमा आधारित भएर घोषणापत्र तयार पारेको छ ।

‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्दि समाजवादको आधार’ भन्ने नारा सहित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक हुने भएको हो ।

घोषणापत्रमा जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइनुका साथै उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शिता सहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरव्याजी लगायत सबै खाले शोषण तथा उत्पिडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ