बा“के १ मा एमाले विजयी

राजनीति

नेपालगन्ज, ८ मंसिर । नेकपा एमालेका बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार, युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजलाई पाँच हजार ३९४ मतले पछाडी पार्दै ढकालले प्रतिनिधिसभा सदस्य पद सुनिश्चित गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका ढकालले २५ हजार २६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गहतराजले १९ हजार ६३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत प्राप्त गरी तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाएका छन् ।

जनता समाजबादी पार्टीका उम्मेदवार रामकुमार यादवले २ हजार ६ सय ९३, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नविन कुमार शाही २ सय ५७, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राम चरण चौधरीले ३ सय ८८ ,नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ७८,नेपालका लागी नेपाली पार्टी १ सय ४२, नेपाली काँग्रेस वि.पी. १ सय ३४, स्वतन्त्र उम्मेदवार प्रदिप कुमार शाह ९ सय २५ मत प्राप्त गरेका छन् ।

बाँके क्षेत्र न. १ मा जम्मा ८१ हजार २ सय ४ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ