मधेश प्रदेशमा जनमतको दलका नेतामा यादव चयन

राजनीति

जनकपुरधाम, १८ पुस । मधेश प्रदेशसभामा जनमत पार्टीको संसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चयन भएका छन् । जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ ।

दलका नेता चयन गर्न जनकपुरमा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि अध्यक्ष डा. सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो ।

सोही बमोजिम जनमतका अध्यक्ष डा.राउतले दलका नेता यादवलाई बनाएका हुन् ।

नेकपा माओवादी केन्द्र परित्याग गरी जनमतबाट उनी सप्तरी क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् ।

उनी माओवादीकै नेता तथा पूर्वमन्त्री उमेश यादवलाई पराजित गरेका थिए ।

मधेश प्रदेशमा जनमत पार्टीका १३ प्रदेशसभा सांसद छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ