जनकपुरधाम, १७ माघ । तराई–मधेशमा क्रियाशील विभिन्न सानाहरुबीच एकता र सहकार्यका लागि छलफल सुरु भएको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार लोकतान्त्रिक मधेशी फ्रन्टको आयोजनमा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहको अध्यक्षतामा विभिन्न पार्टीहरुका प्रतिनिधिहरुबीच एकता र सहकार्यको विषयमाकेन्द्रित रही छलफल भएको हो ।
सो छलफलमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो र केन्द्रीय सदस्य बालकेश्वर ठाकुर, राष्ट्रिय सद्भावना पार्टीका प्रवक्ता, राजेश्वर ठाकुर, बहुजन एकता पार्टीका केन्द्रीय सदस्य राम सागर महरा, स्वाधीन मधेश जनअभियानका केन्द्रीय सदस्य बिपिन अधिकारी र नेपाल लोकतान्त्रिक पार्टीका डा. कृष्णचन्द्र साह लगायतको सहभागिता रहेको थियो ।
सो बैठकले एकता र सहकार्यलाई आगाडि बढाउने निर्णय गर्दै यसलाई ठोस स्वरुप प्रदान गर्न फागुन १ गते सोमबार पुनः बैठक बस्ने निर्णय गरेको तमलोपाका नेता उमेश मण्डलले जनाएका छन् ।
तपाईको प्रतिक्रिया